कञ्चनपुरमै पहिलो…लालझाडी-५ मा किशोर किशोरी मैत्री स्वास्थ्य संस्थाको घोषणा;

कञ्चनपुर: लालझाडी गाउँपालिका वडा नं. ५ मा रहेको देखतभुली स्वास्थ्य चौकी मा आज किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा कार्यक्रम सम्पन्न भएको छ।

किशोर किशोरी मैत्री स्वास्थ्य सेवा सञ्चालन निर्देशिका २०७९ अनुसार लालझाडी गाउँपालिका वडा नं. ५ को देखतभुली स्वास्थ्य चौकी मा किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा गरिएको हो।

कार्यक्रममा लालझाडी गाउँपालिका वडा नं. ५ का अध्यक्ष एवं देखतभुली स्वास्थ्य चौकी संचालक समितिका अध्यक्ष पहल बहादुर थापा सभाअध्यक्ष रहेका थिए भने प्रमुख अतिथी मा लालझाडी गाउँपालिका का अध्यक्ष निर्मल राना रहेका थिए, विशिष्ट अतिथिमा लालझाडी गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीदत्त भट्ट, स्वास्थ्य कार्यलय कञ्चनपुरका अधिकृत, महाकाली प्रादेशिक अस्पतालका प्रतिनिधि रहेका थिए। त्यसैगरी अतिथिमा स्थानिय समाजसेवी लगायतका स्थानीय बासिन्दाहरु रहेका थिए।

स्वास्थ्य सेवामा किशोरकिशोरीहरुलाई असहज भएकाले लालझाडीले देखतभुलि स्वास्थ्य चौकी लाई किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा गरेको र किशोरकिशोरीका समस्याको समाधान गरेर सेवा सुविधा प्रदान गर्ने योजना रहेको लालझाडी गाउँपालिका का अध्यक्ष निर्मल रानाले बताएका छन् । आफ्नो गाउँपालिका भित्रकै वडामा किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था घोषणा गर्दा आफु निकै खुशी भएको पालिका अध्यक्ष रानाले बताएका छन् ।

किशोरकिशोरीको उमेर समुहमा शारीरिक र मानसिक परिवर्तन आउँछ, त्यो संगै समयमा ख्याल गरेन भने मानसिक विचलन पनि आउँछ; त्यसमा स्वास्थ्य संबंधित लाभ उठाउनु भो भने दुर्घटना बाट बच्न सकिन्छ, ९०% भन्दा बढी किशोरकिशोरी मैत्री भएकाले राम्रो स्वास्थ्य सेवा पाएकोमा मा आफू विश्वस्त रहेको लालझाडी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीदत्त भट्टले बताएका छ्न्।

जिल्लामै आफ्नो वडालाई पहिलो किशोरकिशोरी मैत्री स्वास्थ्य संस्थाको रुपमा देखतभुली स्वास्थ्य चौकीलाई घोषणा गरेको र घोषणा गर्नपाउदा निकै खुशी रहेको लालझाडी गाउँपालिका वडा नं. ५ का अध्यक्ष पहल बहादुर थापाले बताएका छन् । स्वास्थ्य र शिक्षा हाम्रो पहिलो प्राथमिकता रहन्छ हामी एकदमै जिम्मेवार भएर लाग्नेछौ । किशोरकिशोरीका हरेक स्वास्थ्य समस्या मा सहजीकरण हुनेछ र अब किशोरकिशोरी मैत्री स्वास्थ्यको घोषणा गर्नपाउदा हाम्रा लागि ठूलो सफलताको दिन हो; वडा अध्यक्ष थापाले भनेका छन् ।

लालझाडी गाउँपालिका मा रहेका हरेक आधारभूत स्वास्थ्य चौकी लाई अब किशोर किशोरी मैत्री बनाउन आफुहरु लागि पर्ने र नागरिकको हरेक स्वास्थ्य समस्या समाधानका लागि नविनतम प्रयासहरु सुरु भएका छन् । गुणस्तरीय स्वास्थ्य सेवाका लागि विभिन्न कार्यक्रम जस्तै “गाउँपालिका अध्यक्ष स्वास्थ्य विशेष कार्यक्रम” भएका लालझाडी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख खगेन्द्र चौधरी ले बताएका छ्न् ।

Facebook Comments Box