August 1, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

सुदूरपश्चिम विश्वविद्यालयको छतबाट हाम फालेका युवकको उपचारका क्रममा मृत्यु

सुदूरपश्चिम विश्वविद्यालय घटना: हाम फालेका युवकको निधन

 

साउन १६, २०८३

धनगढीः सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसको छतबाट हाम फालेका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार शनिबार बिहान करिब साढे ९ बजे महेन्द्रनगरस्थित विश्वविद्यालयको तीन तले भवनको छतबाट हाम फालेका वेदकोट नगरपालिका–४ का २३ वर्षीय उत्तम कार्कीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले कार्कीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा दिउँसो करिब १२ बजे मृत्यु भएको जानकारी दिए। कार्की बीएचएमको प्रवेश परीक्षा दिन विश्वविद्यालय पुगेका बेला उक्त घटना भएको प्रहरीले जनाएको छ। छतबाट खसेपछि उनलाई तत्काल महाकाली प्रादेशिक अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी रेफर गरिएको थियो।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.