विपद् प्रभावितको राहतका लागि यातायात मजदुर संगठन कञ्चनपुरद्वारा २५ हजार सहयोग
कञ्चनपुर । प्राकृतिक विपद बाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल यातायात स्वतन्त्र मजदुर संगठन जिल्ला कमिटी कञ्चनपुरले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. २५ हजार सहयोग रकम जम्मा गरेको छ।
विपद्को कठिन घडीमा पीडित परिवारप्रति ऐक्यबद्धता जनाउँदै संगठनले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको जनाएको छ।
संगठनले विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्याउनु सबैको साझा दायित्व भएको उल्लेख गर्दै मानवीय सेवामा निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता जनाएको छ।
“विपद्मा परेकाको साथमा उभिनु नै मानवताको सच्चा परिचय हो।” भन्दै संगठनले सहयोगी भावना अभिवृद्धि गर्न सबैमा आग्रहसमेत गरेको छ। नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कंचनपुर जिल्ला ले वभिन्न समस्या मा रहेका चालक मजदुर को उद्दार तथा चालक को सवारी चालक अनुमती पत्र मा लाग्ने शुल्क तिरी नवीकरण गर्दै आएको कुरा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कंचनपुर जिल्ला कमिटी अध्यक्ष हर्क रावल ले बताए
The post विपद् प्रभावितको राहतका लागि यातायात मजदुर संगठन कञ्चनपुरद्वारा २५ हजार सहयोग appeared first on ✍️कञ्चन मिडिया📸.
