महाकालीमा मोटरेबल पुल निर्माण सम्पन्न, सञ्चालनको प्रतीक्षामा स्थानीयवासी

महाकालीमा मोटरेबल पुल निर्माण सम्पन्न, सञ्चालनको प्रतीक्षामा स्थानीयवासी
दार्चुला।मंसिर ६ । महाकाली नगरपालिका–८ असिगडा र भारतको उत्तराखण्डस्थित धार्चुलाको छारछुम जोड्ने गरी महाकाली नदीमाथि निर्माण गरिएको मोटरेबल पुल सम्पन्न भएको छ। पुल निर्माण सम्पन्न भएसँगै सीमावर्ती क्षेत्रका स्थानीयवासीमा आवागमन सहज हुने आशा बढेको छ।
वर्षौंदेखि नदी वारपार गर्न विभिन्न कठिनाइ भोग्दै आएका स्थानीयवासीका लागि पुल निर्माण महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। पुल सञ्चालनमा आएपछि नेपाल र भारतबीचको आवागमन सहज हुनुका साथै स्थानीय व्यापार, पर्यटन तथा आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
तर पुल निर्माण सम्पन्न भए पनि हालसम्म सञ्चालनमा आउन सकेको छैन। नेपालतर्फ भन्सार, क्वारेन्टाइन तथा सुरक्षा निकायका लागि आवश्यक संरचना निर्माण हुन बाँकी रहेकाले सञ्चालन प्रक्रिया अघि बढ्न नसकेको महाकाली नगरपालिका–८ का वडाध्यक्ष भवानी सिंह धामीले बताएका छन्। पुल सञ्चालनका लागि दुवै देशबीच आवश्यक समन्वय र प्रक्रिया पूरा गर्नुपर्ने देखिएको छ।
The post महाकालीमा मोटरेबल पुल निर्माण सम्पन्न, सञ्चालनको प्रतीक्षामा स्थानीयवासी appeared first on ✍️कञ्चन मिडिया📸.
