प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गर्दै

काठमाडौं । प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह दुईदिने औपचारिक राजकीय भ्रमणका लागि आज मित्रराष्ट्र भारत प्रस्थान गर्दै हुनुहुन्छ। प्रधानमन्त्री शाहको नेतृत्वमा ३४ सदस्यीय प्रतिनिधिमण्डल भारत जान लागेको हो। टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाललगायत उच्चपदस्थ सरकारी अधिकारी तथा विभिन्न संस्थाका प्रतिनिधिहरू सहभागी रहनेछन्।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। भेटवार्तामा नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्ध, आपसी सहकार्य, आर्थिक तथा कूटनीतिक साझेदारी र साझा हितका विषयमा छलफल हुने जनाइएको छ। साथै, दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत विशेष जोड दिइने अपेक्षा गरिएको छ।
यसैबीच, भ्रमणअघि प्रधानमन्त्री शाहले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसँग भेट गरी भ्रमणका विषयमा छलफल गर्नुभएको थियो। उक्त अवसरमा नेपालको राष्ट्रिय हित, पारस्परिक सम्मान र समानताका आधारमा द्विपक्षीय सम्बन्ध अघि बढाउनुपर्ने विषयमा जोड दिइएको जनाइएको छ। पार्टीका महामन्त्री विपिनकुमार आचार्यले समेत प्रधानमन्त्री शाहको भारत भ्रमण सफल, उपलब्धिमूलक तथा सुखद रहोस् भन्दै शुभकामना व्यक्त गर्नुभएको छ।
The post प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गर्दै appeared first on ✍️कञ्चन मिडिया📸.
