October 12, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

स्वर्गीय भुवन भट्टको स्मृतिमा स्टार क्लबद्वारा मेमोरियल फुटसल प्रतियोगिता आयोजना हुँदै

गोबरिया। स्वर्गीय भुवन भट्टको स्मृतिमा स्टार क्लबको आयोजनामा आगामी कार्तिक ६ गतेदेखि ९ गतेसम्म मेमोरियल फुटसल प्रतियोगिता सञ्चालन हुने भएको छ।

गोबरियास्थित पेट्रोल पम्प नजिक रहेको द रोयल फुटसलमा सञ्चालन हुने प्रतियोगितामा कुल ८० हजार रुपैयाँ पुरस्कार राशि (पुल प्राइज) राखिएको आयोजकले जनाएको छ।

प्रतियोगितालाई खेलकुदमा मात्र सीमित नराखी सामाजिक सेवासँग जोड्ने उद्देश्यले आयोजना गर्न लागिएको हो। प्रतियोगिता सम्पन्न भएपछि सम्पूर्ण खर्च कटाएर बाँकी रहेको रकम अनाथालय वा वृद्धाश्रमलाई सहयोग गरिनेछ। साथै, सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै रक्तदान कार्यक्रमसमेत आयोजना गरिने आयोजकले जनाएको छ।

स्वर्गीय भुवन भट्टको सम्झनालाई जीवन्त राख्दै युवाहरूबीच मित्रता, एकता र खेलकुदको भावना विकास गर्नुका साथै मानवीय सेवामा योगदान पुर्‍याउने उद्देश्य प्रतियोगिताको रहेको छ।

खेलकुदसँगै सामाजिक सेवाको भावनालाई अघि बढाउने यस पहलले स्थानीय युवाहरूलाई सामाजिक कार्यमा सक्रिय हुन प्रेरित गर्ने तथा समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।

The post स्वर्गीय भुवन भट्टको स्मृतिमा स्टार क्लबद्वारा मेमोरियल फुटसल प्रतियोगिता आयोजना हुँदै appeared first on ✍️कञ्चन मिडिया📸.

Copyright © All rights reserved. | Newsphere by AF themes.