October 21, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

मनिषा पेट्रोल पम्पको एकातर्फ डिस्प्ले मधुरो, अर्कोतर्फ स्पष्ट देखिने सञ्चालकको भनाइ

अतरिया । गोदावरी नगरपालिका–१ मा रहेको मनिषा पेट्रोल पम्पमा पेट्रोल भर्ने मेसिनको डिस्प्ले स्पष्ट नदेखिएको विषयलाई लिएर केही सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति पम्प सञ्चालकले गुनासो

गरेका छन्। पम्प सञ्चालक नैनसिंह कार्कीले डिस्प्लेमा देखिएको समस्यालाई आधार बनाएर उपभोक्ता ठगिएको भन्ने आरोप सत्य नभएको दाबी गरेका छन्।
सञ्चालक कार्कीका अनुसार उक्त विषयमा समाचार प्रकाशित भएपछि नेपाल आयल निगम र प्रशासनको टोलीले समेत पेट्रोल पम्पमा पुगेर अनुसन्धान गरेको थियो। उनले पेट्रोल भर्ने मेसिनको एकातर्फको डिस्प्ले स्पष्ट देखिने र अर्कोतर्फ घाम लागेको समयमा अक्षर मधुरो देखिने समस्या रहेको बताए।मर्मत हुदैन नया मात्र राख्नु पर्ने समस्या भएकाले  नया आउन केहि समय लाग्ने बताए
उनका अनुसार डिस्प्ले स्पष्ट नदेखिने साइडबाट तेल भर्न नपर्ने जानकारी दिन मेसिनको अर्कोपट्टि ‘अर्को साइडबाट तेल हाल्नुहोस्’ भन्ने सूचना पनि राखिएको छ। तेलको परिमाणमा कुनै घटबढ नभएको दाबी गर्दै उनले नेपाल आयल निगमले लगाएको सिलसमेत जस्ताको त्यस्तै रहेको बताए।
त्यस्तै, उक्त पेट्रोल पम्पमा नियमित रूपमा पेट्रोल भर्दै आएका अटो चालक रमित कुँवरले पनि मेसिनको एकातर्फको डिस्प्लेमा विवरण स्पष्ट देखिने गरेको बताए। उनका अनुसार एकातर्फ देखिने विवरण दुवैतर्फ समान हुने भएकाले डिस्प्लेमा देखिएको समस्याकै आधारमा उपभोक्ता ठगिएको निष्कर्ष निकाल्न नहुने उनको भनाइ छ।
पम्पमा निगरानीका लागि स्पष्ट देखिने गरी सीसीटीभी क्यामेरासमेत जडान गरिएको सञ्चालकले बताएका छन्।

The post मनिषा पेट्रोल पम्पको एकातर्फ डिस्प्ले मधुरो, अर्कोतर्फ स्पष्ट देखिने सञ्चालकको भनाइ appeared first on ✍️कञ्चन मिडिया📸.

Copyright © All rights reserved. | Newsphere by AF themes.