बर्दिया राष्ट्रिय निकुञ्ज घुम्नुअघि जान्नुहोस् प्रवेश शुल्क, जीप सफारी र स्थानीयलाई दिइने सुविधा
निकुञ्ज प्रवेशका लागि नेपाली सर्वसाधारणलाई प्रतिव्यक्ति १०० रुपैयाँ, विदेशी पर्यटकलाई १ हजार ५०० रुपैयाँ र सार्क राष्ट्रका पर्यटकलाई ७५० रुपैयाँ टिकट शुल्क निर्धारण गरिएको छ। त्यस्तै, ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ का स्थानीय बासिन्दालाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।
विद्यार्थीहरूलाई विद्यालयको आधिकारिक सिफारिसपत्रका आधारमा प्रवेश शुल्कमा सहुलियत प्रदान गरिने जानकारी दिइएको छ। निकुञ्जभित्र जङ्गल सफारीका लागि प्रतिगाडी ३ हजार रुपैयाँ शुल्क लाग्ने टिकट काउन्टरमा कार्यरत खरदार पदका एक कर्मचारीले जानकारी दिए।
उनका अनुसार अन्य समयको तुलनामा पिकनिकको मौसममा आन्तरिक पर्यटकको उपस्थिति बढी हुने गरेको छ।
बर्दिया राष्ट्रिय निकुञ्जभित्र विभिन्न प्रजातिका वन्यजन्तु तथा चराचुरुङ्गी अवलोकन गर्न सकिन्छ। यहाँ गोही, हात्ती, जरायो, बाघलगायतका वन्यजन्तु देख्न सकिने भएकाले पनि पर्यटकका लागि यो क्षेत्र आकर्षणको केन्द्र बन्दै गएको छ ।
The post बर्दिया राष्ट्रिय निकुञ्ज घुम्नुअघि जान्नुहोस् प्रवेश शुल्क, जीप सफारी र स्थानीयलाई दिइने सुविधा appeared first on ✍️कञ्चन मिडिया📸.
