November 22, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

दशौँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिम प्रदेशबाट तेक्वान्दो अन्तर्गत १२ जना खेलाडीले प्रतिस्पर्धा गर्ने

धनगढी: सुदूरपश्चिम प्रदेश खेलकुद परिषद, धनगढी कैलालीले तेक्वान्दो खेल छनोट प्रतियोगिताको अन्तिम नतिजा सार्वजनिक गरेको छ। परिषदको कार्यालयबाट मिति २०८३/०८/०३ मा जारी आधिकारिक पत्र अनुसार “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त प्रतियोगिताबाट उत्कृष्ट खेलाडीहरू छनोट गरिएको हो।

​सार्वजनिक गरिएको नतिजा अनुसार पुरुष तथा महिला दुवैतर्फका विभिन्न तौल समूहका साथै एकल र टिम पुम्से विधामा खेलाडीहरू छानिएका छन्। पुरुषतर्फ ५४ केजि तौल समूहमा प्रशान्त सिंह, ५८ केजिमा बादल तिवारी, ६३ केजिमा किशोर भट्ट, ६८ केजिमा बिपन कु शार्की, ७४ केजिमा हरिश सिंह एर, ८० केजिमा सागर धामी, ८७ केजिमा गौरव खडका र ८७ केजिभन्दा माथिको तौल समूहमा राम बहादुर चन्द छनोटमा पर्न सफल भएका छन्।

​त्यसैगरी महिलातर्फका विभिन्न तौल समूहमा ४६ केजिमा बर्षा कोली, ४९ केजिमा दिपा जैसि, ५३ केजिमा आशिका कुमारी सिंह, ५७ केजिमा लक्ष्मी खडायत, ६२ केजिमा रोशनी बडाल, ६७ केजिमा सन्ध्या बुढा, ७३ केजिमा लक्ष्मी बिष्ट र ७३ केजिभन्दा माथिको तौल समूहमा पूर्णिमा क्षेत्रि छानिएका छन्।

​यसैगरी पुम्से विधातर्फ एकल पुम्सेमा पुरुषतर्फ महेश लुहार र महिलातर्फ खुसि कार्की छनोट भएका छन्। टिम पुम्से विधातर्फ पुरुष टोलीमा अमन चौधरी, दिपक चौधरी र पुष्प राज भट्ट रहेका छन् भने महिला टिम पुम्सेतर्फ खुसि भण्डारी, रुक्साना कार्की र आरति धामी छनोट भएका छन्। सुदूरपश्चिम प्रदेश खेलकुद परिषद द्वारा जारी गरिएको यस नतिजाको विवरणमा छनोट भएका खेलाडीहरूको नाम र प्रतिस्पर्धा गरेको तौल वा विधा सहितको यो लिस्ट हेर्नुहोस्।

The post दशौँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिम प्रदेशबाट तेक्वान्दो अन्तर्गत १२ जना खेलाडीले प्रतिस्पर्धा गर्ने appeared first on ✍️कञ्चन मिडिया📸.

Copyright © All rights reserved. | Newsphere by AF themes.