November 22, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

पुल उद्घाटनअघि भुक्तानी विवाद, रकम नपाए धर्ना बस्ने निर्माण व्यवसायीको चेतावनी

 

 दार्चुला, मंसिर ६।नेपाल–भारत जोड्ने महाकाली नदीमाथिको मोटरेबल पुल निर्माणमा काम गरेबापतको रकम भुक्तानी नपाएको भन्दै दार्चुलाका निर्माण व्यवसायी अकबर सिंह सामन्तले भुक्तानीका लागि पहल गरिदिन जिल्ला प्रशासन कार्यालयसँग आग्रह गरेका छन्।

महाकाली नगरपालिका–४ निवासी सामन्त एडभान्स प्रिकास्ट एन्ड कन्स्ट्रक्सन प्रालिका सञ्चालक हुन्। उनले पुल निर्माणका क्रममा सामग्री आपूर्ति तथा नेपालतर्फ पहुँचमार्ग निर्माण गरेबापत १५ लाख ७१ हजार भारतीय रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको दाबी गरेका छन्। पटक–पटक ताकेता गर्दा पनि रकम प्राप्त नभएपछि उनले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका हुन्।

निर्माण व्यवसायीको निवेदनपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय प्रशासनलाई पत्राचार गर्दै आवश्यक समन्वय र सहजीकरण गरिदिन आग्रह गरेको छ। सामन्तले बाँकी रकम भुक्तानी नभए पुल उद्घाटनका क्रममा निर्माणस्थलमै धर्ना दिने चेतावनीसमेत दिएका छन्।

The post पुल उद्घाटनअघि भुक्तानी विवाद, रकम नपाए धर्ना बस्ने निर्माण व्यवसायीको चेतावनी appeared first on ✍️कञ्चन मिडिया📸.

Copyright © All rights reserved. | Newsphere by AF themes.