November 23, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

बैतडीमा बसबाट ओर्लने क्रममा लडेर ७० वर्षीय वृद्धको मृत्यु

 

बैतडी, मंसिर ७ गते। बैतडीमा बसबाट ओर्लने क्रममा लडेर एक जना वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको पाटन नगरपालिका–६, मेलतडाका ७० वर्षीय महेन्द्र चन्द रहेका छन्।

मेलौलीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको म १ ख ९१९ नम्बरको बसबाट पाटन नगरपालिका–६ स्थित मेलतडामा ओर्लने क्रममा आइतबार बिहान करिब १०:३० बजे चन्द ढोकाबाट लडेर गम्भीर घाइते भएका थिए।

घाइते चन्दलाई तत्काल उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याइएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि जिल्ला अस्पताल लगिएकोमा उपचारकै क्रममा दिउँसो करिब ४ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता तथा प्रहरी निरीक्षक नवराज भट्टले जानकारी दिएका छन्।

घटनापछि बस चालक मेलौली नगरपालिका–९ का ४८ वर्षीय अशोक चन्दलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ।

मृतक चन्दको शव पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाइसकिएको प्रहरीले जनाएको छ।

The post बैतडीमा बसबाट ओर्लने क्रममा लडेर ७० वर्षीय वृद्धको मृत्यु appeared first on ✍️कञ्चन मिडिया📸.

Copyright © All rights reserved. | Newsphere by AF themes.