November 25, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

विदेशमा रहेका दुहुँका युवाद्वारा पाँचवटै स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग

 

दार्चुला ।मंसिर ९। आफ्नो भविष्य निर्माणका लागि विदेशमा रहे पनि जन्मभूमि र गाउँसमाजप्रतिको माया तथा जिम्मेवारीलाई आत्मसात् गर्दै दुहुँ गाउँपालिका–२ का युवाहरूले सामाजिक सेवाको उदाहरण प्रस्तुत गरेका छन्। उनीहरूले गाउँपालिकाभित्र रहेका पाँचवटै स्वास्थ्य चौकीका लागि विभिन्न स्वास्थ्य सामग्री जुटाएर सहयोग गरेका हुन्।

दुहुँ गाउँपालिकाका नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले विदेशमा रहेका युवाहरूले उक्त सहयोग गरेका हुन्। सात समुद्रपारि रहेर पनि आफ्नो गाउँको स्वास्थ्य सेवा र सामाजिक विकासप्रति देखाएको चासोले स्थानीयस्तरमा सकारात्मक सन्देश प्रवाह गरेको छ।

यसैबीच, दुहुँ गाउँपालिका–२ गुना निवासी नवराज डडालको उपचारका लागि समेत विदेशमा रहेका युवाहरूले स्वस्फूर्त रूपमा आर्थिक सहयोग जुटाएका छन्। उपचारका लागि उनका बुवाले सार्वजनिक रूपमा सहयोगको अपिल गरेपछि युवाहरू सहयोगका लागि अघि सरेका हुन्। जन्मभूमिबाट टाढा रहेर पनि गाउँको सुखदुःखमा साथ दिने युवाहरूको यस मानवीय कार्य प्रशंसनीय रहेको छ।

The post विदेशमा रहेका दुहुँका युवाद्वारा पाँचवटै स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग appeared first on ✍️कञ्चन मिडिया📸.

Copyright © All rights reserved. | Newsphere by AF themes.