दुहुँमा जनविकास माविको चारकोठे भवन उद्घाटन तथा हस्तान्तरण

दार्चुला ।मंसिर १०। दुहुँ गाउँपालिका–३ बारबाजस्थित जनविकास माध्यमिक विद्यालयमा निर्माण सम्पन्न भएको चारकोठे विद्यालय भवनको उद्घाटन तथा हस्तान्तरण गरिएको छ। बुधबार आयोजित एक समारोहबीच दुहुँ गाउँपालिकाका अध्यक्ष नरेन्द्रबहादुर सिंह बडालले नवनिर्मित भवनको औपचारिक उद्घाटन गरेका हुन्।
नयाँ भवन निर्माण भएसँगै विद्यालयका विद्यार्थीलाई सहज, सुरक्षित र गुणस्तरीय शिक्षण सिकाइको वातावरण उपलब्ध हुने अपेक्षा गरिएको छ। विद्यालयको भौतिक पूर्वाधार विकाससँगै पठनपाठनमा समेत सहजता आउने विश्वास गरिएको छ।
दुहुँ गाउँपालिकाले शिक्षा क्षेत्रको विकास तथा विद्यालयहरूको भौतिक पूर्वाधार विस्तार र शैक्षिक गुणस्तर सुधारलाई प्राथमिकता दिँदै आएको जनाएको छ। भवन निर्माणमा सहयोग गर्ने सम्पूर्ण पक्षलाई धन्यवाद व्यक्त गरिएको छ।
The post दुहुँमा जनविकास माविको चारकोठे भवन उद्घाटन तथा हस्तान्तरण appeared first on ✍️कञ्चन मिडिया📸.
