. ग्रामीण बस्तीलाई सहरसँग जोड्दै धनगढी उपमहानगर, ६ वटा EV गाडी आइपुगे
उपमहानगरपालिकाको नीति तथा कार्यक्रमअनुसार ग्रामीण क्षेत्रका वडालाई सहरी क्षेत्रसँग जोड्ने, स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउने, विद्यार्थी तथा रोजगारीका लागि दैनिक आवतजावत गर्ने नागरिकको यात्रा सहज बनाउने लक्ष्यसहित बोलपत्रमार्फत गाडी खरिद गरिएको हो।
उक्त गाडीहरू तीनवटा रुटमा सञ्चालन गर्ने प्रस्ताव गरिएको छ।
प्रस्तावित रुटहरू:
वनवेहडा–वडा नं. १७–देवरिया–धनगढी।
चौमाला–वडा नं. १६–वडा नं. १५–कनरी–धनगढी।
धनगढी–वडा नं. १२ जुगेडा–वडा नं. १०, ९ र ८ हुँदै धनगढी।
यी गाडी सञ्चालनमा आएपछि ग्रामीण क्षेत्रका नागरिकको आवागमन सहज हुनुका साथै विद्यार्थीको शैक्षिक पहुँच, स्थानीय उत्पादनको बजारीकरण र रोजगारीका अवसरमा पहुँच विस्तार हुने अपेक्षा गरिएको छ। साथै, ग्रामीण क्षेत्रको सार्वजनिक यातायात सेवा थप व्यवस्थित हुने विश्वास उपमहानगरपालिकाले लिएको छ।
The post . ग्रामीण बस्तीलाई सहरसँग जोड्दै धनगढी उपमहानगर, ६ वटा EV गाडी आइपुगे appeared first on ✍️कञ्चन मिडिया📸.
