कृष्णपुरमा १ महिने निशुल्क लोकसेवा/शिक्षक सेवा आयोग तयारी कक्षा सञ्चालन

कञ्चनपुर: कृष्णपुर नगरपालिका मा १ महिने निशुल्क लोकसेवा/शिक्षक सेवा आयोग तयारी कक्षा सञ्चालन गरिएको छ। कृष्णपुर नगरपालिकाको वडा नम्वर २ वाणीले आयोजना गरेको १ महिने निशुल्क लोकसेवा/शिक्षक सेवा आयोग तयारी कक्षाको मंगलबार उद्घाटन गरिएको हो।

कृष्णपुर वडा नं. २ को आयोजना र दिपसन मल्टी टेक्निकल ट्रेनिङ सेन्टरको प्राविधिक सहयोगमा १ महिने लोक सेवा/शिक्षक सेवा तयारी कक्षा को उद्घाटन गरिएको छ। ४० जना सहभागीहरुलाई वडा कार्यालयले तालिम दिने छ। वडाबाट तयारी कक्षा लिएर लोक सेवा शिक्षक सेवामा नाम निकाल्न सफल भएका वडाको विकास मा थप सहयोग पुग्ने वडा अध्यक्ष अर्जुन सिह साउदले बताएका छन्। धनगढी महेन्द्रनगर गएर हजारौ शुल्क तिरेर लिईने कक्षा वडाले निशुल्क प्रदान गर्ने भएको छ।

कार्यक्रममा वडा अध्यक्ष अर्जुन सिह साउदको अध्यक्षता रहेको थियो। कार्यक्रममा वडा सदस्य जित बहादुर चौधरी, राजेन्द्र बहादुर सिह, सावित्री भारती, डिक्रा बादी, वडा सचिव तेज प्रकाश उपाध्याय लगायतको उपस्थिति रहेको थिए। लोकसेवा तयारी कक्षा हरेक दिन साझ ५ बजे वडा कार्यालयको हलमा सञ्चालन हुनेछ। वडा मै तयारी कक्षा सञ्चालन हुने भएपछी सहभागी छात्रा छात्र हरु निकै उत्साहित देखिएका छन्। उद्घाटन कार्यक्रम को सञ्चालन गोविन्द जोशीले गरेका थिए।

Facebook Comments Box