‘कालिका विद्युत’ कार्यालय सचिवले ३ लाख बढी दुरुपयोग गरेको भन्दै जिल्ला प्रशासन कञ्चनपुरमा उजुरी

कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं. २ वाणीमा रहेको श्री कालिका ग्रामिण विद्युत सहकारी संस्थामा कार्यरत कार्यालय सचिबले नगद रु ३ लाख बढी दुरुपयोग गरेको भन्दै कालिका ग्रामीण विद्युत कार्यसमितिले चैत १० गते जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा उजुरी दर्ता गराएको छ।

कालिका ग्रामीण विद्युत सहकारी संस्था लिमिटेड की कार्यालय सचिव मनिशा गिरीले संस्थाको नगद रु ३ लाख ६ हजार ३ सय ९४ रुपैया आफुले खर्चको कार्यसमितिले निर्णय सहित दाबी गरेको छ। विगत लामो समयदेखि संस्थाको रकम कार्यालय सचिवले मनपरी चलाएको अध्यक्ष लक्ष्मी दत्त जोशीले बताएका छन।

हामीले विभिन्न समयमा ताकेता गर्यौ, रकम फिर्ता गर्नुस भन्यौ निर्णय समेत गर्यौ ; साधारण सभा मार्फत उपभोक्तामा पनि सार्वजनिक गर्यौ, नगरपालिका लाई पनि सहयोग गर्न भन्यौ तर कार्यलय सचिवले कुनै वास्ता नगरेकाले हामीले बाध्य भएर जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेका हौं: अध्यक्ष लक्ष्मी दत्त जोशीले बताए।

कार्यालय सचिव कार्यसमितिको भनेको नमान्ने, रकम खातामा जम्मा नगर्ने, कार्यालय समयमा नखोल्ने, कामकाजमा ढिलासुस्ती गर्नेगरेको आरोप सहित जिल्ला प्रशासनमा उजुरी परेको छ।

यो विषयको फलोअपका लागि हामीले बुझ्न खोज्दा जाचबुझ भईरहेको, छिट्टै आवश्यक कार्वाही गरिने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ।

Facebook Comments Box