विल्डअनको सहयोगमा साक्षर बन्दै कृष्णपुरका स्थानीय महिला

कञ्चनपुर: विल्डअन नेपालद्वारा संचालित महिला साक्षरता कार्यक्रममा संसारका विभिन्न देश अमेरिकी, सिनेगल लगायत बाट शैक्षिक क्षेत्र ‘विद्यालय’ अबलोकन मा आएका विदेश पाहुनाहरुलाई श्री सिद्धनाथ बालज्योती आधारभूत विद्यालय कृष्णपुर ०२ वाणीमा स्वागत गरिएको छ।

विल्डअनका विदेशी पाहुनाहरु र तालिममा सहभागी महिलाहरु, विद्यालय व्यवस्थापन समिती अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। एक बर्षदेखि विल्डअन नेपाल संस्थाले स्थानिय महिलाहरुलाई पढाउदै आएको छ।

हाल साक्षर तालिका ४ जिल्ला कञ्चनपुर, कैलाली, बाके र बर्दियामा सञ्चालन रहेको छ भने तालिमा ८३८ जना सहभागी रहेका विल्डअन नेपालले जनाएको छ। कृष्णपुर ०२ मा भने ३० जना सहभागी रहेका छन्। आधारभूत सिकाई कार्यक्रम अन्तर्गत बचत शिक्षा सिकाईबाट महिलाहरुले समूह बनाई ७८ हजार बचत गरेका छन्। अहिले सामान्य लेखपढ गर्नसक्ने; आफ्नो नाम भन्न सक्ने, बोल्नसक्ने मोबाईल चलाउन सक्ने, पसलबाट समान किन्दा हिसाब गर्न सक्ने भएका छन् स्थानीय महिलाहरु; सुरु सुरुमा अपठ्यारो भएतापनी पढाई सिकाइ भएपछि अहिले एकदमै सजिलो हुने सहभागी महिला बताउँछन्।

पछिल्लो समय विल्डअन नेपालले शिक्षा क्षेत्रमा ठुलै योगदान गरिरहेको छ। भवन, शौचालय, बेन्ज, टेवुल, कापी कलम उपलब्ध निर्माण गरिरहेको छ। आजको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा विद्यालय व्यवस्थापन समिती अध्यक्ष जित बहादुर चौधरी, प्रधानाध्यापक दिपक भण्डारी, विल्ड अन नेपालका निर्देशक निर्मला चौधरी लगायतको उपस्थिति रहेको थियो।

Facebook Comments Box