कञ्चनपुर: बुधबार कृष्णपुर नगरपालिका २ नं. वडा कार्यालय बाणी कञ्चनपुर द्वारा आज श्री सरस्वती माध्यमिक विद्यालय का १२५ जना जेहनदार गरिब टुहुरा अपाङ्ग विद्यार्थीहरूलाई झोला तथा स्टेसनरी सामान वितरण गरिएको छ।
२ नं. वडा कार्यालयका वडा अध्यक्ष अर्जुन सिंह साउदले शैक्षिक सामाग्री हस्तान्तरण गरेका हुन्। यो वडा कै पुरानो शैक्षिक संस्था रहेको साथै यसको प्रगतिको लागि आफू सदैव तयार रहेको वडा अध्यक्ष साउदले बताएका छन्।

त्यस्तै वडा कार्यालयले सामुदायिक विद्यालयलाई प्राथमिकता राखेको र आफू पनि विद्यालय विकासमा लागिपर्ने विद्यालय प्रधानाध्यापक अम्भदत्त बडुले बताएका छन्। यस अघि वडा कार्यालयद्वारा कृष्णपुर ०२ कै श्री उदय मा.वि बंक मा पनि झोला लगायत शैक्षिक सामाग्री वितरण गरिएको थियो।