कक्षा ८ को परिक्षामा : उदय मावि बंक सामुदायिक विद्यालयहरू तर्फ सर्वोत्कृष्ट

कञ्चनपुर: कृष्णपुर नगरपालिकाको नगर स्तरीय परिक्षा (कक्षा ८) मा सामुदायिक विद्यालयहरूमध्ये कृष्णपुर ०२ बंकमा रहेको श्री उदय माविले सर्वोत्कृष्ट नजिजा ल्याउन सफल भएको छ।

केही दिन अघि प्रकाशित नतिजा अनुसार कृष्णपुरका तीन विद्यालयहरूको नतिजा शून्य आएको छ। नगरभरीबाट परिक्षामा सहभागी भएका १५४१ जना विद्यार्थीहरूमध्ये जम्मा ४४९ जना अर्थात् २९.१३% विद्यार्थीहरू मात्रै उतिर्ण भएका छन्।

अभिभावकहरूले मोटो शुल्क तिरेर पढाई रहेका र नाम चलेका भनिएका केही बोर्डिङ स्कुलहरूको नतिजा भने पहिलाको तुलनामा यसपटक निक्कै खस्केको छ। तर तुलनात्मक रुपमा केही बोर्डिङहरूको नतिजा भने ठिकै रहेको बताउँछन्: उदय मा.वि का विद्यालय व्यवस्थापन समिती अध्यक्ष दिपेन्द्र पाल त्यस्तै समग्रमा कृष्णपुरको नतिजा कमजोर रहेपनि यस्तो विषय परिस्थितिमा समेत उदय मावि बंक जस्ता केही सामुदायिक विद्यालयहरूले भने राम्रो नतिजा ल्याएको विद्यालय व्यवस्थापन समिती अध्यक्ष पाल ले बताएका छन्।

Facebook Comments Box