कृष्णपुरमा प्रथम नगर स्तरीय दौड प्रतियोगिता सम्पन्न

कञ्चनपुर: कृष्णपुर नगरपालिकामा प्रथम नगर स्तरीय दौड प्रतियोगिता सम्पन्न गरिएको छ। ब्राईट नेपाल युवा क्लब कृष्णपुर ५ गुलरियाको आयोजनामा आयोजित कार्यक्रममा ७ किलोमिटर र ३ किलोमीटर गरि दुई चरणमा प्रतियोगिता आयोजना गरिएको हो। ब्राईट नेपाल क्लबकी अध्यक्ष टिकेश्वरी पाण्डेय “प्रेरणा” को सभाअध्यक्षमा सुरु भएको कार्यक्रममा प्रमुख अतिथी कृष्णपुरका मेयर हेम राज ओझा रहेका थिए। त्यस्तै विशिष्ट अतिथिमा कृष्णपुर नगरपालिका कि उप-मेयर द्रोपती राना लगायतको उपस्थिति रहेको थियो।

वाणी चौराहा देखि गुलरिया चौराहा सम्म ७ किलोमीटर दौड प्रतियोगितामा प्रथम हुनेलाई नगद १५ हजार, द्वितीय हुनेलाई नगद १० हजार र तृतीय हुनेलाई नगद ५ हजार पुरस्कार हस्तान्तरण गरिएको थियो। प्रतियोगितामा ७ कि.मी तर्फ प्रथम दिपेन्द्र नाथ, द्वितीय सुनिल चन्द र तृतीय बिक्रम वि.क भएका छ्न्।

Facebook Comments Box