कञ्चनपुरको गडविजुला सा.व बाट साल तस्करी; ३ रुख काटिए; कसले काट्यो??

कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं. ०२ वाणी मा पर्ने श्री गडविजुला सामुदायिक वन उपभोक्ता समुहबाट ३ सालका रुख काटिएको तस्करी भएको फेला परेको छ।

पुस १८ गते डिउटी गर्दा सालका रुख रहेको र पुन अर्को दिन पुस १९ गते डिउटी गर्न जादा बाटो बनेको ३ वटा सालका रुख काटिएको काठ तस्करी भएको देखिकाले १८ गतेको राती तस्करी भएको हुनसक्ने सामुदायिक वन हेरालुले बताएका छन्।

त्यस्तै तस्करी भएको २२ गते थाहा पाएको साथै सामुदायिक वन समुहले खोजीनीति गरिरहेको ; तस्करी गर्नेलाई पत्ता लगाउन आफुहरु लागिरहेको गडविजुला सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष धनिराम चौधरीले बताएका छन्।

सामुदायिक वनबाट ३ वटा काचो सालको रुख काटेर तस्करी भएको छ; २२ गते कार्यसमितिको गस्ती गएको क्रममा आफु  हरुले थाहा पाएको अनुसन्धान कार्य तीब्र पारेको खोजिनिती जारी रहेको गडविजुला सामुदायिक वनका सचीव सुरेन्द्र बहादुर रावलले बताएका छन्।

यो घटनामा सब डिभिजन वन कार्यालय वाणी र डिभिजन वन कार्यालय महेन्द्रनगरको समेत ध्यानाकर्षण भएको साथै तस्करी कसले गरेको हो भन्ने अनुसन्धान भईरहेको वन कार्यालयले जनाएको छ।

Facebook Comments Box