पालिका स्तरीय दादुरा रुबेला खोप अभियान सम्बन्धि कार्यक्रम लालझाडीमा सम्पन्न

कञ्चनपुर: देशभर नै आउदो फागुन १३ गते आईतवार देखि सञ्चालन हुन लागेको दादुरा रुबेला खोप सम्बन्धी आज कञ्चनपुर जिल्लाको लालझाडीमा एकदिन अभिमुखीकरण तालिम सम्पन्न गरिएको छ।

लालझाडी गाउँपालिका स्वास्थ्य शाखा प्रमुखले पालिका स्तरीय खोप समन्वय समितिलाई अभिमुखीकरण कार्यक्रम दिई दादुरा रुबेला खोप सम्बन्धी जानकारी गराइएको छ।

लालझाडी गाउँपालिका कार्यालयको सभाहलमा सञ्चालित पालिका स्तरीय अभिमुखिकरण कार्यक्रममा लालझाडी गाउँपालिका कार्यालय स्वास्थ्य शाखाका प्रमुख खगेन्द्र चौधरी ले राष्ट्रिय कार्यक्रम अनुरूप लालझाडी गाउँपालिका कार्यालय स्वास्थ्य शाखाले समेत खोप अभियान सञ्चालन गर्न लागेको जानकारी गराए। फागुन १३ गतेदेखि फागुन १७ गतेसम्म सञ्चालन हुने उक्त अभियानमा लालझाडी गाउँपालिका को ६ वडाका ३३ स्थानबाट खोप प्रदान गरिने स्वास्थ्य शाखा प्रमुख चौधरीले बताएका छन्।

९ महिनादेखि १५ वर्षमुनिका करिब १५ हजार बाल बालिकालाई खोप दिइने छ। त्यस्तै,कञ्चनपुरमा ३८ जना बालबालिकामा दादुरा–रुबेला रोग देखिएपछि पूर्ण निर्मुलका लागि अभियान नै सञ्चालन गर्नुपरेको छ साथै विद्यालय तथा नियमित खोप केन्द्र मार्फत खोप सञ्चालन गरिने छ।

परिवार सहित आउने भारतीय बालबालिका, जो इँटा उद्योग सहितका विभिन्न उद्योगमा काम गर्दै आएका छन्, ती बालबालिका खोपबाट वञ्चित हुने अवस्थामा जोखिम कायमै रहेकोले अभियानमा लक्षित उमेर समूहका सबै बालबालिकालाई खोप दिनु अनिवार्य छ भनी लालझाडी गाउँपालिका का अध्यक्ष निर्मल राना ले जानकारी गराएका छन। लालझाडी गाउँपालिका कार्यालयले दादुरा रुबेला रोग विरुद्धको राष्ट्रिय खोप अभियानका लागि सहयोग गर्न सम्पुर्ण पालिका बासी लाई आव्हान समेत गरेको छ।

Facebook Comments Box