‘असहाय नागरिक’ को सहारा कृष्णपुर नगरपालिका

कञ्चनपुर: मंगलबार कृष्णपुर ०२ वाणी बजारको सडक पेटीबाट एक मानसिक अस्वस्थता भएकी महिलालाई उपचारका लागि कृष्णपुर नगरपालिकाद्वारा नगरपालिकाकै एम्बुलेन्समा धनगढी लगिएको छ। मानव सेवा आश्रम संगको सहकार्यमा विगत दुई सातादेखि सडक पेटीमा जीवन कटाईरहेकी महिलालाई उपचार र हेरचाहका लागि धनगढी लगिएको छ।

कृष्णपुर ०२ का युवा समाजसेवी एवं नेपाली काङ्ग्रेसका वडा सभापति रमेश राज भाट लगायतका स्थानिय युवाहरुको विशेष पहलमा मानसिक अस्वस्थता भएकी महिला विष्ना जोशी को उपचार हुदैछ। जोशी कृष्णपुर ०३ कि स्थानीय बासिन्दा हुन्। उनको धनगढी स्थित निसर्ग हस्पिटलमा उपचार भईरहेको सभापति भाटले जनाएका छन्।

जसको कोहि छैन त्यसको नगरपालिका छ भन्ने अनुभुति गराउदै नगरपालिकाले आफ्नै एम्बुलेन्समा मानसिक अस्वस्थता भएकाहरुलाई निशुल्क स्वास्थ्य उपचार गरिरहेको र निरन्तर गरिरहने साथै कृष्णपुर भित्र सडक बजारमा मानसिक अस्वस्थता/असहाय भएका व्यक्ति फेला पारेमा नगरपालिका लाई सम्पर्क गर्न नगर प्रमुख हेम राज ओझाले आग्रह गरेका छन्।

Facebook Comments Box