कृष्णपुरमा विपद व्यवस्थापन तालिम सम्पन्न

कञ्चनपुर: कृष्णपुर नगरपालिकामा विपद व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न गरिएको छ। सामुदायिक वन समन्वय समिती कञ्चनपुरको आयोजनामा आयोजित कार्यक्रम नगरपालिकाको सभाहलमा सम्पन्न गरिएको हो।

कार्यक्रममा सामुदायिक वन समन्वय समितिका अध्यक्ष महेशदत्त जोशी को सभाअध्यक्षता, कृष्णपुर नगरपालिका का नगर प्रमुख हेम राज ओझा प्रमुख अतिथि, उप-नगर प्रमुख द्रोपती राना विशिष्ट अतिथी, प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र प्रसाद भट्ट विशिष्ट अतिथी लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा विपद न्यूनीकरण सम्बन्धि चेतनामूलक तालिम सञ्चालन गरिएको थियो। विपद व्यवस्थापनका निमित्त हामी सबैले लागिपर्नुपर्ने, विपद बारे सामुदायिक स्तरमा चेतना फैलाउनुपर्ने सामुदायिक वन समन्वय समितिका अध्यक्ष महेशदत्त जोशीले बताएका छन्।

त्यस्तै कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै कृष्णपुर का नगर प्रमुख हेम राज ओझा ले सामुदायिक वन समन्वय समितीले आयोजना गरेको कार्यक्रम एकदमै राम्रो भएको र नगरपालिकाले विपद व्यवस्थापन र सामुदायिक वन संरक्षणका लागि सहकार्य गर्ने बताएका छन्। कार्यक्रम तराई भु-परिधी कार्यक्रम कोहलपुर बाकेको सहयोगमा आयोजना गरिएको हो।

Facebook Comments Box