कृष्णपुर: आज नेकपा माओवादी केन्द्र कृष्णपुर कमिटीले कृष्णपुरका मेयर हेमराज ओझालाई ३३ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ।
माओवादी केन्द्रले कृष्णपुर नगरसमितिले गत आर्थिक वर्ष २०७९/०८० देखी चालु आर्थिक वर्षको हालसम्म गरिएका योजना तथा कार्यक्रमको विवरण माग गरेको छ।
माओवादी केन्द्र नगर कमिटी अध्यक्ष जोगरारज चौधरी र सचिव जगदीश मल्लद्धारा हस्ताक्षरित पत्रमा सडकदेखी अनियमित किसिमले आफ्ना आसेपासेलाई कोटेसन तथा ठेक्का वितरण गरिएको सम्बन्धमा सुचना माग गरिएको छ।
उल्लेखित लिखित अभिलेख तथा सुचनाहरु सात दिनभित्र उपलब्ध गराउन आग्रह गरिएको माओवादी केन्द्र कृष्णपुरले जनाएको छ। सुचनाहरु उपलब्ध नभए कडा संघर्ष गर्ने चेतावनी समेत पत्रमा उल्लेख छ।
