कंचनपुर जिल्ला स्तरीय १४ औँ राष्ट्रपति रनिङ प्रतियोगिता भोलिदेखी कृष्णपुरको “गुलरिया” मा हुँदै

कञ्चनपुर: जिल्ला खेलकुद समिति कंचनपुरको आयोजना र कृष्णपुर नगरपालिकाको व्यवस्थापनमा भोलिदेखि कृष्ण माविको प्रांगणमा शुरु हुन गइरहेको १४ औँ राष्ट्रपति रनिङ खेलकुद प्रतियोगिता कंचनपुर जिल्ला स्तरीय छनोट प्रतियोगिताको तयारी सम्पन्न भएको छ। प्रतियोगिता भोलीदेखि कृष्णपुर नगरपालिका वडा नं. ४ गुलरियामा रहेको श्री कृष्ण मा.वि प्राङ्गणमा सञ्चालन हुने भएको छ।

कृष्णपुरका मेयरले आज खेलमैदानको स्थलगत अनुगमन गरेका छन्। प्रतियोगिता सभ्य र भव्य रूपमा सम्पन्न गर्न र जिल्ला भरीका खेलाडी तथा खेलसँग सम्बन्धित सम्पुर्ण पदाधिकारीहरुलाई स्वागत गर्न नगरपालिका आँतुर रहेको मेयर हेम राज ओझाले बताएका छन्।

साथै भोलि बिहान आठ बजेदेखि नै केही खेलहरु संचालन हुने र मध्याह्न सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री माननीय प्रकाश देउवा बाट समुद्घाटन हुने भएकाले खेलप्रेमी, पत्रकार, समाजसेवी, जिल्लाबासी सम्पुर्णमा उपस्थितिका लागि मेयर ओझाले अनुरोध गरेका छन्। प्रतियोगिता ३ दिनसम्म चल्ने छ भने प्रतियोगितामा पालिका स्तरीय खेलमा विजेता बनेका विभिन्न विद्यालयका विद्यार्थी सहभागी रहनेछन्।

Facebook Comments Box