पाईलट अध्ययनका लागि रु १ संकलन अभियानमा जय महांकालको सहयोग

काठमाडौ: पाईलट अध्ययनको लागि रू • १ संकलन अभियानलाई जय महांकाल युवा समुहले सहयोग गरेको छ। दोलखा घर भएका दिपेन्द्र घिसिङ पाईलट पढ्ने सपना बोकेर उडान भरिरहेका छन्। घिसिङले सानैदेखि नै बाबा आमाको माया ममता नपाए पनि पढाईमा लगनशिल , संघर्षशिल रहँदै सानैबाट राम्रो पढाई गर्दै भविष्यमा पाईलट बन्ने सपना देखेका थिए।

म जस्तो गरिबको छोरोलाई सरकारले पाईलट बनाउँछ कि पढाउँछ कि भनेर एकपल्ट नेताहरूको घरदैलोमा आफ्नो कुराहरू सहित गए, एकदुई नेता मात्र होईन आफ्नो कथा व्यथा सपना २२ सय नेतालाई सुनाएको त्यति मात्र नभएर तीन तहको सरकार सम्म नै आफ्नो कुरा राखेको तर कहिकतैबाट सहयोग साथ नपाएपछि हामी जस्तो गरिबको छोरोको पाईलट पढ्ने सपना सरकारबाट पुरा नहुने रहेछ भन्ने थाहा पाएपछि अब जे हुन्छ यो देशमा बनाउने र गर्ने ठाउँमा राख्ने भनेको नै जनता हो । अब म जनता समक्ष नै मेरो कथा व्यथा सपना लिएर साथ सहयोग माग्न जान्छु भन्ने निर्णय लिएको घिसिङ बताउछन्।

यो निर्णयले धेरै चकित बने आफ्नो साथीभाई समेतले पत्याएका थिएनन् तर अफ्नो पाईलट बन्ने सपनाको यात्रामा निरन्तर लागेकै छु। रु १ सहयोगमा आज ४ महिनाको दौरानमा ६३ लाख बढि रकम संकलन गरेको घिसिङ बताउछन्।

मंगलबार जय महांकाल युवा समुहको अभियानमा सहभागी भएपछि दिपेन्द्रले वास्तविक परिवार भेटेको महशुस भएको बताए। भोलीको दिनमा आफु पाईलट भएपछि पनि कमाएको ७०% आफु जस्तै गरिबीको कारण पढन नपाएकाहरूलाई सहयोग गर्ने घिसिङले घोषणा गरेका छन्।

२२ सय नेता भेट्दा निराशा बनेका दिपेन्द्र घिसिङ जय महांकाल युवा समुहको भोकालाई भोजन प्यासीलाई पानी महाअभियानमा सहभागी हुँदा अचम्मीत भएको बताए। म यहाँ आउन पाउँदा आफ्नै परिवारलाई भेटे जस्तै खुशी लाग्यो , अझ खुशी भन्दा पनि अचम्मीत कि अहिले पनि यति राम्रो मानविय सहयोगी मन भएको दाजुहरू पनि रहेछन।

दिपेन्द्र घिसिङको हौसला बढाउन एवं उज्जवल भविष्यको कामना गर्दै जय महांकाल युवा समुहका अध्यक्ष लिलानाथ भण्डारीले यो रू • १ अभियान दिपेन्द्रको अभियान मात्र नभएर हामी सबै नेपालीको अभियान हो , के आज गरिबको छोराले पैसा छैन भन्दैमा पढ्नै नपाउने हो र ? यति हामी सबैमा सहयोगी सेवा भाव भयो भने यहाँ कोही गरिब रहन्न , भोको रहन्न , पढ्नबाट बन्चित रहन्न भन्दै यो केवल रू • १ अभियान नभएर जनचेतना र भविष्य निर्माणको अभियान भएकोले आफुले रू • १ सहयोग पेटिकामा सहयोग गरेका छन्। साथै जय महांकाल युवा समुह र समाजसेवी माया थामीबाट संकलित रकम जम्मा रू• २८,१२० |- सहयोग हस्तान्तरण गरिएको छ ।

Facebook Comments Box