कृष्णपुर नगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा खगेन्द्र प्रसाद भट्ट

कञ्चनपुर: कृष्णपुर नगरपालिकाले उपसचिव पाएको छ। संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले उपसचिव खगेन्द्र प्रसाद भट्टलाई कृष्णपुरमा खटाएको हो। उनी सोमबारदेखि नगरपालिकामा हाजिर भएका हुन्।

नगर प्रमुख हेम राज ओझा लगायतले उनलाई कार्यालयमा स्वागत गरेका थिए। प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै चुस्तदुरुस्त सेवा प्रबाह गर्ने भट्टले बताएका छन्।

यसअघि भट्ट लोकसेवा आयोग महेन्द्रनगर, जिल्ला प्रशासन कार्यालय लगायतका कार्यालयमा कार्यरत रहिसकेका छन्। कृष्णपुरमा उपसचिव नहुँदा यसअघि पशु शाखा प्रमुख मान बहादुर के.सी ले प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गर्दै आएका थिए।

Facebook Comments Box