शुक्लाफाँटामा नगर प्रहरीको भर्ना खुल्यो; ९ जनालाई रोजगारीको अवसर

कञ्चनपुर: शुक्लाफाँटा नगरपालिकामा नगर प्रहरीको भर्ना खुलेको छ। नगरपालिकाले आज एक सुचना जारी गर्दै करारमा नौ जना नगर प्रहरीको भर्ना खुला गरेको हो।

नगरपालिकाले जारी गरेको सुचनामा नगर प्रहरी सहायक निरीक्षक १ जना,नगर प्रहरी जवानमा खुलातर्फ ४,महिला २,आदिवासी जनजाती १ र दलित १ जनाका लागि आवेदन आह्वान गरेको हो।

नगर प्रहरी सहायक निरीक्षकका लागि ४५ वर्ष ननाघेको र नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी बल,नेपाल सेवाको जवान वा सो भन्दा माथिल्लो पदमा कम्तिमा ५ वर्ष अनुभव भएको हुनुपर्ने छ।

नगर प्रहरी जवानका लागि १८ वर्ष पुरा भई २३ वर्ष ननाघेको हुनुपर्नेछ भने न्यूनतम शैक्षिक योग्यता एसएलसी उत्तीर्ण भएको हुनुपर्नेछ।

फागुन २३ गतेसम्म कार्यालय समयमा नगरपालिकामा आवेदन दिइसक्नुपर्ने छ। दोब्बर दस्तुर तिरेर फागुन ३० गतेसम्म आवेदन दिन सकिनेछ।

Facebook Comments Box