कृष्णपुरको उदय मा.वि मा अध्यनरत छात्रा बविता कार्की कविता प्रतियोगितामा प्रथम

कञ्चनपुर : गुगुल्डी वाङ्गमय प्रतिष्ठान कञ्चनपुर द्वारा शनिबार महेन्द्रनगरमा आयोजना गरिएको मा. वि स्तरीय बिशेष कविता प्रशिक्षण र डोट्याली भाषाको कविता प्रतियोगिता मा उदय मा. वि कृष्णपुर ०२ बंक की छात्रा बविता कार्की प्रथम भएकी छिन्।

त्यसैगरी घटाल मा. वि सुडा की छात्रा मनिषा भट्ट द्वितीय, त्रिभुवन मा. वि पूजा भट्ट तृतीय, रेडियन्टका छात्र प्रकाश बडु र ग्लोबल एकेडेमीका सुरज कुमार पन्त सान्त्वना जित हासिल गर्न सफल भएको आयोजकले जनाएको छ।

प्रथम ,द्वितीय,तृतीय र सान्त्वनालाई क्रमश नगद रु २५००, १५००,१०००र ५००/५०० सहित प्रमाणपत्र प्रदान गरिएको थियो। कविता तत्कालै आधा घन्टाको समय दिएर लेख्न लगाइएको थियो भने प्रतिष्ठानका अध्यक्ष साहित्यकार वीर ब चन्दको सभापतित्व र साहित्यकार जगदीश ओझाको सँचालकत्वमा सम्पन्न कार्यक्रम को प्रमुख अतिथि मानसखण्ड फाउन्डेसनकी अध्यक्ष नारा जोशी र विशिष्ट अतिथिमा डा. चुडामणी जोशी, अतिथि मधु हमाल, नारायण गिरी लगायतको उपस्थिति रहेको थियो।

प्रलेस सुदूरपश्चिमका अध्यक्ष रमेश पन्त मितबन्धुको विशेष भुमिका र सक्रियता रहेको कार्यक्रमको प्रशिक्षकमा कवि-कविराज भट्ट र पद्मा ओझा रहेका थिए भने निर्णायकहरुमा क्रमशः साहित्यकार सिर्जन श्री , कवि प्रेम प्रकाश कलौनी र कवि सरस्वती भाट (धामी) रहेका थिए।

शनिबार महेन्द्रनगरमा आयोजित प्रतियोगितामा कञ्चनपुर का १५ विद्यालयका २१ जना प्रतिस्पर्धीलाई उछिन्दै उदय मा.वि कि बविता कार्की प्रथम भएकी हुन्।

Facebook Comments Box