कञ्चनपुर: कृष्णपुर नगरपालिका २ नं. वडा कार्यालयले आज खेलाडीहरूलाई खेलकुद सामाग्री वितरण गरेको छ।
वडा स्तरीय बजेटबाट वाणीका क्रिकेट खेलाडीहरूलाई आज वडा कार्यालयले २ थान व्याट, २४ वल, २ हेल्मेट, ग्लभ्स, विकेट लगायतका सामाग्री वितरण गरेको हो ।

वडा अध्यक्ष अर्जुन सिह साउँदले २ थान व्याट, २४ वल, २ हेल्मेट, ग्लभ्स, विकेट लगायतका क्रिकेट खेल सामाग्री हस्तान्तरण गरेका छन्। खेल सामाग्री हस्तान्तरण गर्दै वडा अध्यक्ष अर्जुन सिह साउद; अब छिट्टै वडा नं. २ मा क्रिकेट प्रती रुचि भएका युवाहरुलाई ग्रासरुट क्रिकेट खेलको सम्बन्धि अभ्यास तालिम सञ्चालन गराईने वडा अध्यक्ष साउदले बताएका छन् साथै वडा अध्यक्ष साउँदले वडाभित्र खेलको विकासका लागि आफूले निरन्तर सहयोग गर्ने समेत बताएका छन्।