माघ ५ गते देखि लालझाडीमा छैठौ संस्करण को ICYC वडा अध्यक्ष कप फुटबल प्रतियोगिता हुदै

कञ्चनपुर: लालझाडी गाउँपालिका वडा नं. ०५ स्थित देखतभुली खेलमैदानमा लालझाडी-५ को आयोजना र ईटाहा चारपाते युवा क्लबको सह-आयोजनामा आउदो माघ ५ गते देखि छैठौ संस्करण को ICYC वडा अध्यक्ष कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ।

२०७३ साल देखि निरन्तर यो प्रतियोगिता हुँदै आएको छ। दर्शक र खेलाडीहरुले एकदमै रुचाएको प्रतियोगिता ICYC CUP यो वर्ष पनि सञ्चालन हुने भएको छ। प्रतियोगितामा सहभागी हुने प्रत्येक टिमले ६ हजार ५ सय ५५ रुपैया ईन्ट्री फिस बुझाउने पर्नेछ। त्यस्तै फुटबल प्रतियोगितामा कैलाली र कञ्चनपुरका टिमले सहभागिता जनाउन सक्ने कार्यक्रम संयोजक रामदास राना बताउँछन्।

गत बर्षको संस्करणमा ७१ हजार १ सय ७१ रुपैया प्रथम पुरस्कार राखिएको टुर्नामेन्टमा यस बर्ष पुरस्कार राशी बढाएर प्रथमलाई १ लाख ०१ हजार १ सय ११ रुपैया नगद सहित सानदार ट्रफी, मेडल र प्रमाण पत्र राखिएको छ भने द्वितीय पुरस्कार : ५५ हजार १ सय ५५ रुपैया नगद सहित सानदार ट्रफी, मेडल र प्रमाण पत्र राखिएको ICYC का संस्थापकले बताएका छन्। त्यस्तै प्रत्येक खेल को म्यान अफ द म्याच, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिड फिल्डर सर्वाधिक गोलकर्ता र राइजिङ प्लयेर अफ द टुर्नामेन्ट लाई आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

Facebook Comments Box