लालझाडीमा पालिका स्तरीय आई.एफ.ए स्वास्थ्य कार्यक्रम सम्पन्न

कञ्चनपुर: लालझाडी गाउँपालिका स्वास्थ्य शाखा शंकरपुर को आयोजना पालिका स्तरीय आइ.एफ.ए लगायत विद्यालय स्वास्थ्य कार्यक्रमहरुको समिक्षा तथा डाटा भेरिफिकेशन कार्यक्रम सम्पन्न भएको छ।

गाउँपालिका उपाध्यक्ष सपना राना चौधरी को अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथी गाउँपालिका अध्यक्ष निर्मल राना, अतिथिमा प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्की, शिक्षा शाखा प्रमुख सिद्धराज भट्ट, स्वास्थ्य कार्यालय कञ्चनपुरका अधिकृत(फोकल पर्सन) कपिल देव जोशी, विभिन्न विद्यालयका शिक्षक शिक्षिका, आधारभूत स्वास्थ्य केन्द्र का स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो।

लालझाडी किशोर किशोरीहरुको स्वास्थ्यमा एकदमै सजक रहेको र लालझाडी स्वास्थ्य शाखाले बेलाबेला विशेष कार्यक्रम गरिरहेका गाउँपालिका अध्यक्ष निर्मल रानाले बताएका छन्।

Facebook Comments Box