कृष्णपुर: कृष्णपुर नगरपालिका वडा नं. ३ मा रहेका अव्यवस्थित बसोबासमा रहेका नागरिकहरुका लागि सेतो पुर्जालाई बैधानिकता दिईने भएको छ। अघिल्लो महिना भुमिहिन दलित,भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नाँपजाँचको कार्य नगर प्रमुख ओझाबाट शुभारम्भ भएको थियो ।



कार्यक्रममा कृष्णपुर नगरपालिकाका प्रमुख हेम राज ओझा, कृष्णपुर वडा नं. ३ का अध्यक्ष खेम राज चौधरी, राष्ट्रिय भुमी आयोग कञ्चनपुर जिल्ला सदस्य दिल बहादुर देउवा, नगरपालिकाका प्राविधिक लगायत स्थानीयहरुको समेत उपस्थिति रहेको थियो।
