लालझाडी: I.C.Y.C वडाध्यक्ष कप फुटबल प्रतियोगिताको छैठौं संस्करणको विजेता कोहिनुर स्पा फुटबल क्लब बनेको छ। लालझाडी-५ र इटाहा चारपाते युवा क्लब देखतभुलिको आयोजनामा आयोजित प्रतियोगितामा आयोजक I.C.Y.C RED टिम लाई उपविजेता बनाउदै कोहिनुर टिम विजेता बनेको छ।
हिजो सोमबार भएको प्रतियोगिताको फाइनल खेल इटाहा चारपाते युवा क्लब रातो र कोहिनुर स्पा फुटबल क्लब बिच भएको रोमाञ्चक खेलमा निर्धारित समयमा गोल रहित खेलेपछि खेल ट्राइवेकरमा पुगेको थियो। ट्राइबेकरमा कोहिनुर स्पा फुटबल क्लबले बढी गोल गर्दै जित हासिल गरेको छ।
विजेता कोहिनुर स्पा फुटबल क्लबले नगद १ लाख १ हजार १ सय ११ रुपैया सहित सानदार ट्रफी प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता टिम इटाहा चारपाते युवा क्लब रातोले ५५ हजार १ सय ५५ रुपैया सानदार ट्रफी प्रमाणपत्र मेडलमा चित्त बुझाएको छ।

खेलमा उत्कृष्ट खेलाडी कोहिनुरका करन पुरी, वेस्ट गोलकिपर कोहिनुर कै कुम्भ देउवा, उत्कृष्ट मिडफिल्ड आईसिवाईसिका ओम प्रकास चौधरी, उत्कृष्ट डिफेन्डर कोहिनुरका भुवन जोशी, वेस्ट स्कोरोर आयोजकका शैलेस बोहरा र उदयमान खेलाडी आयोजकका सिमान रानाले उपाधी हात पारेका छन् भने फाइनल खेलको म्यानअफ द म्याच उपाधी कोहिनुर स्पाका गोलकिपर कुम्भ देउवाले प्राप्त गरेका छन्।
प्रतियोगिता माघ ५ देखि १५ गते सम्म सञ्चालन भएको थियो। उक्त प्रतियोगितामा २४ टिमको सहभागिता रहेको थियो भने २०७३ सालमा स्थापित ईटाहा चारपाते युवा क्लबले आईसीवाईसि ७ वर्षदेखि निरन्तर रुपमा I.C.Y.C कप आयोजना गर्दै आएको छ ।
समापन समारोहमा ईटाहा चारपाते युवा क्लबका अध्यक्ष पहिलाद रानाले स्वागत मन्तव्य राखेका थिए; प्रमुख अतिथिमा प्रतिनिधि सभा सदस्य तारा लामा तामाङ, विशिष्ट अतिथिमा गाउँपालिका अध्यक्ष निर्मल राना, उपाध्यक्ष सपना राना चौधरी, वडा नं. २ का अध्यक्ष आशाराम राना, वडा नं. ५ का वडा अध्यक्ष पहल बहादुर थापा लगायतको उपस्थिति देखिएको थियो। समापन समारोह कार्यक्रम प्रकाश नाथ योगी र हेमन्त रानाले सञ्चालन गरेका थिए।