कृष्णपुरमा १३ औं भेट्रान रनिङ कप फुटबल प्रतियोगिता सुरु; प्रथम हुनेलाई ३५ हजार नगद पुरस्कार दिईने

कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं. २ मा रहेको बनहरा खेल मैदानमा दिपेन्द्र स्मृति सामुदायिक वनको आयोजनामा सञ्चालित १३ औं भेट्रान रनिङ कप फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।

उद्घाटन समारोहमा सु.प प्रदेश उद्योग पर्याटन वन तथा वातावरण मन्त्री रमेश सिंह धामी प्रमुख अतिथि रहेका थिए। त्यस्तै विशिष्ट अतिथिमा निवर्तमान प्रदेश सभा सदस्य महेश दत्त जोशी, कृष्णपुर नगरपालिका वडा नं. ०१ का अध्यक्ष मोहन बहादुर बस्नेत, वडा नं. ०२ का वडा अध्यक्ष अर्जुन सिह साउद, वडा सदस्य राजेन्द्र बहादुर सिह, शिक्षक, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु रहेका थिए।

कार्यक्रममा खेलप्रमी, सुरक्षाकर्मी लगायत स्थानीय बासिन्दाहरुको उपस्थिती रहेको थियो। बुधबार सञ्चालित उद्घाटन खेलमा आयोजक दिपेन्द्र स्मृति सामुदायिक र वनदेवी सामुदायिक टिम बीच भएको खेलमा आयोजक दिपेन्द्रले ३-० गोल अन्तरले जित हासिल गरेको छ भने आज हुने खेलमा ग्वासी सामुदायिक र महाकाली सामुदायिक टिम विहान ७ बजे र सिहपुर सामुदायिक र एकता सामुदायिक बिच बेलुली ४ बजे हुने छ।

Facebook Comments Box