कृष्णपुरमा आयोजित प्रथम खुल्ला पुरूष क्रिकेट प्रतियोगिता सम्पन्न

कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं. २ मा जय महांकाल युबा समुह कञ्चनपुर जिल्ला कमिटीको अगुवाइ मा स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नारा सहित महाकाल सेना क्रिकेट क्लब द्वारा आयोजित प्रथम खुल्ला पुरूष क्रिकेट प्रतियोगिता सोमबार सम्पन्न भएको छ।

जय महांकाल युबा समुह कञ्चनपुर जिल्ला कमिटी का महासचिव हिक्मत भण्डारी (हाकु) को सभापतित्व सुरु भएको समापन कार्यक्रममा प्रमुख अतिथि कृष्णपुरका नगर प्रमुख हेम राज ओझा, विशिष्ट अतिथिमा कृष्णपर ०२ का वडा अध्यक्ष अर्जुन सिह साउद, अतिथिमा समाजसेबी तथा कार्यक्रमका मूख्य प्रायोजक पुस्कर चन्द, अतिथिमा नेपाल प्रहरी विशेष सुरक्षा गण बंक का सु.मे नर ब. धामी रहेका थिए। कार्यक्रम संचालक जय महांकाल युबा समुह जिल्ला कञ्चनपुर कमिटी का सल्लाहकार हरीश बोहराले गरेका थिए।

प्रतियोगितामा तेस्रो आँखा युवा क्लब(A) प्रथम ,नेपाल प्रहरी विशेष सुरक्षा गण द्वितीय र तेस्रो आँखा युवा क्लब (B)ले तृतीय स्थान हासिल गरेको गरेको छ। खेललाई उद्घाटन देखी समापन सम्म मूख्य रेफ्री को भुमिका दिनेश ऐर, धीरेन्द्र बम सहायक रेफ्री मा हेमराज पन्त रहेका थिए।

Facebook Comments Box