दिपेन्द्र स्मृति सामुदायिक वनको १६ औं साधारण सभा सम्पन्न; अध्यक्षमा चन्द चयन

कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं. १,२ मोतिपुरमा रहेको श्री दिपेन्द्र स्मृति सामुदायिक वन उपभोक्ता समुहको सोमबार १६ औं साधारण सभा सम्पन्न भएको छ।

सामुदायिक वनको अध्यक्षमा पुर्ण बहादुर चन्द(पुष्कर) को अध्यक्षमा १३ सदस्यीय कार्यसमति चयन भएको छ। त्यस्तै समितिको उपाध्यक्षमा सुशिला थापा, सचिवमा शेर बहादुर विष्ट, सह सचिवमा जनक थापा र कोषाध्यक्षमा कल्सा देवी धामी चयन भएका छन् भने सदस्यहरुमा क्रमश: ज्योति बोहरा, किथ्थी बादी, फगु राना, पार्वती धामी, ईश्वरी विक र बसन्त धामी रहेका छन्। अन्य सदस्यहरु पछि मनोनित गरिने छन् ।

पारदर्शिता ढंगले सामुदायिक वनको हित र विकासमा काम गर्ने अध्यक्ष चन्दले बताएका छन्।

Facebook Comments Box