कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं. २ वाणी निवासी २९ वर्षीय सुशील प्रसाद कलौनीका दुवै मृगौला फेल भएपछी आउने जेठ १० गते काठमाडौ स्थित शिक्षण अस्पताल महाराजगन्जमा शल्यक्रिया हुने भएको छ।
श्रीमतीले मृगौला प्रत्यारोपण का लागि आफ्ना मृगौला दिन तयार भएपछि कलौनीका मृगौलाको शल्यक्रिया हुने भएको छ। निरन्तर समाजिक क्रियाकलाप गर्दै आईरहेको जय महांकाल युवा समुह असहाय गरिवहरुका लागि ईश्वरकै रुप हो भन्दा फरक पर्दैन, विगतमा पनि जय महांकाल समुहले विभिन्न असहाय नागरिकहरुलाई सहयोग गर्दै आईरहेको छ। यसपटक पनि दुवै मृगौला फेल भएका सुशील लाई बचाउन (उपचार) का लागि सक्दो सहयोग गर्ने सोचले आर्थिक संकलन अभियान थालेको संस्थाका महासचिव हिक्मत भण्डारी”हाक्कु” ले बताएका छन्।
आज कृष्णपुर-२ बंक बजारमा महांकाल टिमले १२ हजार ३ सय आर्थिक सहयोग जम्मा गरेको संस्थाका कोषाध्यक्ष रोशन बोहराले बताएका छन् । हामीले स्थानीय दाईलाई सक्ने सहयोग गर्ने सोचले यो अभियान थालेका हौ; जति हुन्छ आर्थिक संकलन गरि उहाको उपचारका लागि सहयोग गर्छौ: कोषाध्यक्ष बोहराले भने । त्यस्तै भोकालाई भोजन प्यासीलाई पानी मुल नारा बोकेर हामी निरन्तर समाजिक काम मा छौ र रहिरहने कुरा अध्यक्ष हर्क बहादुर बोहराले बताएका छन् । जय महाकाल युवा समुहको अभियानले आफ्ना छोराको उपचारमा ठुलो सहयोग हुने मृगौला पीडित कलौनीका बुवा माधव कलौनीले बताएका छन् ।