कृष्णपुर : ४ का वडा अध्यक्षले गराए आफ्ना छोरालाई सामुदायिक विद्यालय मा भर्ना

कञ्चनपुर: कृष्णपुरका सामुदायिक विद्यालयहरुमा शैक्षिक  विकास भएसंगै अभिभावकहरुको विद्यालय माथी विश्वास बढे्को छ। आफ्ना नानिबाबुहरुलाई निजि विद्यालयमा पढाउदै आईरहेका अभिभावक पछिल्लो समय सार्वजनिक विद्यालय प्रतिको भरोसा बढी रहेको छ।

कृष्णपुर नगरपालिका वडा नं. ४ का अध्यक्ष धर्म बहादुर सिंह ले आज आफ्ना छोरालाई कृष्ण माध्यामिक विद्यालय कृष्णपुर:४ गुलरियामा भर्ना गरेर उदाहरणीय सन्देश दिन खोजेका छन् । “मैले पनि बाबुलाई श्री कृष्ण मा.बि मा भर्ना गरे सरकारी बिद्यालय प्रति सबै अभिभावक ले बिश्वास गर्न अनुरोध छ ।। हाम्रा बिद्यालय हामी आफैले बनाउने हो लागौं सबै अभिभावक” लेखेर वडा अध्यक्ष सिहले आफ्नो सामाजिक संजालमा पोस्ट गरेका छ्न् ।

यसरी निर्वाचित जनप्रतिनिधिहरु, सरकारी विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीहरुले आफ्ना नानिबाबुहरुलाई सार्वजनिक विद्यालय मै पढाउनका लागि भर्ना गर्दा अन्य सर्वसाधारणहरुका छोराछोरीले समेत गुणस्तरीय शिक्षा पाउनेमा आफू विश्वास्त रहेको एकजना स्थानीय वडाबासीले बताएका छन् ।

 

Facebook Comments Box