August 5, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

FWU YoutMappers स्थापना दिवसको अवसरमा सुदूरपश्चिम विश्वविद्यालय युथम्यापर्स ( FWU youthmappers Nepal ) द्वारा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न

स्थापना दिवसको अवसरमा सुदूरपश्चिम विश्वविद्यालय युथम्यापर्स ( FWU youthmappers Nepal ) द्वारा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न

महेन्द्रनगर, साउन २० — सुदूरपश्चिम विश्वविद्यालय युथम्यापर्स, नेपालको स्थापना दिवसको अवसरमा सुदूरपश्चिम विश्वविद्यालय, केन्द्रीय क्याम्पसमा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ।

 

वातावरण संरक्षण, हरित क्याम्पस निर्माण तथा सामाजिक उत्तरदायित्व प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विद्यार्थी, प्राध्यापक तथा विश्वविद्यालयका अन्य सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले क्याम्पस परिसरको सरसफाइ गर्नुका साथै विभिन्न प्रजातिका बिरुवा रोपेर वातावरण संरक्षणमा योगदान दिएका थिए।

आयोजकका अनुसार स्थापना दिवसलाई औपचारिक कार्यक्रमभन्दा पनि समाज र वातावरणप्रति सकारात्मक सन्देश दिने उद्देश्यका साथ मनाइएको हो। यस्ता कार्यक्रमले स्वच्छ, हरित र वातावरणमैत्री विश्वविद्यालय निर्माणमा सहयोग पुग्नुका साथै विद्यार्थीमा स्वयंसेवा र सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि हुने विश्वास व्यक्त गरिएको छ।

सुदूरपश्चिम विश्वविद्यालय युथम्यापर्सले आगामी दिनमा पनि वातावरण संरक्षण, समुदाय सेवा तथा विद्यार्थी सहभागितामूलक विभिन्न कार्यक्रम सञ्चालन गर्दै जाने जनाएको छ।

You may have missed

Copyright © All rights reserved. | Newsphere by AF themes.