November 3, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

दशौँ राष्ट्रिय खेलकुदका लागि कञ्चनपुरमा जिल्लास्तरीय छनौट प्रतियोगिता सुरु

महेन्द्रनगर: कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने दशौँ बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कञ्चनपुरमा जिल्लास्तरीय छनौट खेलहरू सुरु भएका छन्। जिल्ला खेलकुद समिति कञ्चनपुरको आयोजनामा तीन दिनसम्म सञ्चालन हुने यस प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले गर्नुभयो।

​उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वमुख्यमन्त्री रावलले खेलकुदको विकासका लागि प्रदेश सरकारले कञ्चनपुरलाई विशेष प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले यसपटकको बजेटमा यस क्षेत्रमा विभिन्न खेलकुद संरचना निर्माणका लागि रकम विनियोजन गरिएको जानकारी दिँदै खेलाडीहरूले पदक जित्नका साथै उच्च अनुशासनमा रहेर खेलकुद क्षेत्रमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो।

​जिल्ला खेलकुद समिति कार्यालयका अनुसार प्रतियोगितामा विभिन्न २३ वटा खेल विधाहरू समावेश गरिएको छ। जसमा कुल ८१४ जना खेलाडीहरू प्रतिस्पर्धाका लागि तयारी हालतमा रहेका छन्। यी ३९६ भन्दा बढी खेलाडीहरूमध्येबाट प्रदेश स्तरका लागि जम्मा ३६२ जना खेलाडीहरू (१६६ महिला र १९६ पुरुष) छनौट हुनेछन्।

​आगामी कार्तिक १९ गते बिहीबारसम्म सञ्चालन हुने यस छनौट प्रतियोगिताको उद्घाटन कार्यक्रममा सभापतित्वका रूपमा जिल्ला खेलकुद समितिका अध्यक्ष ज्ञानेन्द्रबहादुर सिंह रहनुभएको थियो भने जिल्ला खेलकुद समिति कार्यालयका कार्यालय प्रमुख गोपाल दत्त भट्टले कार्यक्रमको कुशलतापूर्वक सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा विभिन्न खेल सङ्घका अध्यक्ष तथा प्रतिनिहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रम सम्बन्धी फोटोहरू हेर्नका लागि यहाँ क्लिक गर्नुहोला।

The post दशौँ राष्ट्रिय खेलकुदका लागि कञ्चनपुरमा जिल्लास्तरीय छनौट प्रतियोगिता सुरु appeared first on ✍️कञ्चन मिडिया📸.

Copyright © All rights reserved. | Newsphere by AF themes.