ब्राईट नेपालद्वारा कृष्णपुरमा प्रथम नगर स्तरीय दौड प्रतियोगीता सञ्चालन हुने

कञ्चनपुर: कञ्चनपुरको कृष्णपुरमा ब्राईट नेपाल युवा क्लबको आयोजनामा प्रथम नगर स्तरीय दौड प्रतियोगीता सञ्चालन हुने भएको छ। कृष्णपुर नगरपालिका वडा नं. ५ गुलरिया मा रहेको ब्राईट नेपाल युवा क्लबले नयाँ वर्ष २०८१ को अवसरमा बैशाख १ गते पहिलो पटक म्याराथन प्रतियोगीताको आयोजना गर्नेछ।

‘सामाजिक विकृति एवं लागु औषध दुव्यसनीको विरुद्ध अब कृष्णपुर दौडिन्छ निरन्तर’ भन्ने मुल नारा सहित म्याराथन प्रतियोगिता आयोजना गर्ने लागेको क्लबकी अध्यक्ष प्रेरणा पाण्डेयले बताएकी छिन्।

‘विगत केही समय यता लागुऔषधको कारोबार र प्रयोग एकदमै बढेको छ, सिमा नजिकका क्षेत्र भएकाले पनि एउटा नगरमा मात्रै नभई चारैतिर यसको प्रभाव परेको छ’ दैनिक जसो पक्राउ पर्ने क्रम जारी रहेपनि अझै यसको नियन्त्रण हुन नसकेकाले यसको नियन्त्रणमा स्थानिय स्तरबाट पनि आवाज उठाउनुपर्छ भन्ने सन्देश दिन का लागि हामीले प्रतियोगीता आयोजना गर्न लागेका हौ’ अध्यक्ष पाण्डेयले बताईन।

प्रतियोगिता ३ र ७ किलोमीटर गरी दुई चरणमा आयोजना हुनेछ। ३ किलोमिटर म्याराथन प्रतियोगीता गुलरिया बजार चोक बाट सुरु भई २ नं. चौराह चोक हुदै पुनः गुलरिया चोकमा समापन हुनेछ भने ७ किलोमिटर म्याराथन प्रतियोगीता कृष्णपुर वडा नं. २ वाणी बजार चोक देखी सुरु भई गुलरिया चोकमा समापन हुने आयोजक कमिटीले जनाएको छ।

३ किलोमिटरको म्याराथन प्रतियोगीताका विजेताहरुलाई आर्कषक पुरस्कारको व्यवस्था रहेको क्लबले जनाएको छ। त्यस्तै ७ किलोमिटर म्याराथनमा प्रथम, द्धितिय र तृतिय हुनेलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैया नगद प्रदान गरिने छ। प्रतियोगीता बैशाख १, २०८१ बिहान ७ बजेदेखी सुरु हुन र फर्म भर्दा सहभागिले एक सय रुपैँया तिर्नु पर्नेछ; सो बाफत क्लबले प्रत्येक सहभागीलाई एउटा जर्सी उपलब्ध गराउने आयोजक ब्राईट नेपाल युवा क्लब की अध्यक्ष प्रेरणा पाण्डेयले बताएकी छिन्।

Facebook Comments Box