लालझाडीमा गडविजुला सुरक्षित आवासको शिलान्यास

कञ्चनपुर: लालझाडी गाउँपालिका वडा नं. ५ स्थित बैजनाथ गडविजुला टोलमा विपन्न तथा दलित परिवारका लागि सुरक्षित आवास निर्माण हुने भएको छ।

गडविजुला टोलमा रहेका १० विपन्न र दलित परिवारका लागि घर निर्माण हुन लागेको हो। लालझाडी गाउँपालिकाले निड्स नेपाल र ह्याविटेट फर ह्युमेनिट्स संस्थाहरु संग को समन्वयमा सुरक्षित आवास निर्माण थालेको छ।

आज सुरक्षित आवास शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष निर्मल रानाले आवासको शिलान्यास गरेका छन्। शिलान्यास कार्यक्रममा पालिका उपाध्यक्ष सपना राना चौधरी, वडा नं. ५ का अध्यक्ष पहल बहादुर थापा, कार्यापालिका सदस्य शान्ति सार्की, वडा सदस्य गोकर्ण सिह धामी, वडा सदस्य भान बहादुर विष्ट लगायतको उपस्थिति रहेको थियो।

आवास निर्माण उपभोक्ता समिती मार्फत भईरहेको निडस नेपालका प्राविधिक सरोज बलायरले बताएका छन्। उपभोक्ता समिति सुरक्षित आवास प्राप्त गर्ने परिवारबाटै चयन गरिएको छ भने प्रत्येक आवास निर्माण मा ३ लाख पालिका को र २ लाख ह्याविटेट फर ह्युमेनिट्स संस्थाको सहयोग गरि जम्मा ५ लाखमा घर निर्माण हुने वडा अध्यक्ष पहल बहादुर थापाले बताएका छन्। कलावती नाथ, विक्रम दमाई, हरिना देवी चुनारा, तेज सार्की, मंधिर टमाटा, मदन नेपाली, जनक लावड, सुरेशराम लुहार, कालुराम नेपाली र खडक बहादुर चुनारा गरि जम्मा १० परिवारका लागि सुरक्षित आवास निर्माण गरिदै छ।

सुरक्षित आवासको एक महिना भित्रै निर्माण सम्पन्न गरिने छ। यो संगै बेलौरी नगरपालिका मा पनि सुरक्षित आवास निर्माण कार्यक्रम जारी रहेको निडस नेपालले जनाएको छ। सुरक्षित आवास निर्माण हुने भएपछि लालझाडी-५ का विपन्न दलित परिवार निकै उत्साहित देखिएका छ्न्।

Facebook Comments Box