देखतभुली स्वास्थ्य चौकीमा दादुरा रुबेला सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

कञ्चनपुर: लालझाडी गाउँपालिका देखतभुली स्वास्थ्य चौकी ५ नं. वडा कार्यालयको आयोजनामा आयोजित राष्ट्रिय खोप कार्यक्रम २०८०/८१ वडास्तरीय खोप समन्वय समितिलाई दादुरा रुबेला अभियान सम्बन्धि आज एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

खोप निशुल्क पाईन्छ; खोप सुरक्षित छ; खोपले जीवन रक्षा गर्छ भन्दै कार्यक्रम देखतभुली स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष तथा वडा अध्यक्ष पहल बहादुर थापाको सभा अध्यक्षता मा सुरु भएको छ।

कार्यक्रममा वडा सदस्यहरु, स्वास्थ्य चौकी उपाध्यक्ष अमर सिह धामी, स्वास्थ्य कर्मी, स्वयंसेविका, शिक्षक शिक्षिका; आमा समुह लगायतको उपस्थिति रहेको छ। तालिकाको सहजीकरण स्वास्थ्य चौकी प्रमुख लिलाकान्त झा रहेका थिए।

खोप लगाएर सबै बालबालिका सुरक्षित रहन र सबैलाई आ आफ्ना बालबालिकाहरुलाई खोप लगाउन वडा अध्यक्ष पहल बहादुर थापाले बताएका छ्न।

Facebook Comments Box