समर्पण पुस्तक धनगढीको नयाँ स्कीम; पत्रकार आचार्यले पाए १० पुस्तक

धनगढी: कैलालीको धनगढी हसनपुरमा रहेको समर्पण पुस्तक पसलले पुस्तक पारखीहरूको लागि नयाँ स्कीम ल्याएको छ। गोला प्रथाबाट १० पुस्तक दिने स्कीम ल्याइएको पुस्तक पसलका संचालक डिल्लीराज ओझा समर्पणले बताएका छन्।

‘धनगढीमा पुस्तक पारखीहरूको संख्या बढाउन यस्तो स्कीम ल्याइएको हो ’ ओझा भने ‘अब कम पैसामै धेरै पुस्तक पढ्न पाइने छ । ’ २ सय रुपैयाँमा मदन पुरस्कार विजेता सहितका १० पुस्तकका लागि गोला प्रथा सुरु गरिएको उनले बताएका छन्।

पहिलो दिनको गोला प्रथा पत्रकार भानुभक्त आचार्यले जितेका छन् । आचार्य नेपाल प्रेसका सुदूरपश्चिम संयोजक तथा पश्चिम टुडेका सम्पादक हुन् ।उनी पुस्तक पढ्न र पुस्तक बारे विश्लेषण लेख्न रुचि राख्छन् । गोलाप्रथाको निश्पक्षताका लागी समर्पण पुस्तक पसलको फेसबुक आइडिबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।

सैनिक आवासीय महाविद्यालय तेघरी कैलालीका शिक्षक तथा साहित्यकार हर्क बोहराले प्रत्यक्ष प्रसारणकै बिचमा टोकन उठाएका थिए । २४ जना सहभागी मध्ये आचार्यले पुस्तक पाएका हुन् । उनले ऐँठन, हृदय ,दोरी खण्डहर दरबार ,साँखेजुङको उकालो ,बिगन रामको मादल, नाजवाफ , रुमानी,मुकाम रणमैदान र अन्तर पुस्तक उपलब्ध गराइने ओझाले जानकारी दिए ।

ओझा आफै पनि साहित्यकार हुन् । २०७३ सालमा पसल सुरु गरेका उनी सृजनशील मञ्च सुदूरपश्चिमको सचिव हुन् । कैलाली जनपुस्तकालय, सुदुरपश्चिमाञ्चल साहित्य समाज प्रतिभा सामुदायिक पुस्तकालयमा आबद्ग छन् ।
उनले आगामी दिनमा निरन्तर पुस्तक पारखीहरूका लागि कम पैंसामा नयाँ नयाँ स्किम सहित उत्कृष्ट साहित्यिक पुस्तक उपलब्ध गराइने बताए ।

Facebook Comments Box