कञ्चनपुर: लालझाडी गाउँपालिका वडा नं. ५ देखतभुलीमा एकदिने होरी मिलन खखडेहरा कार्यक्रम सम्पन्न गरिएको छ। होरी मिलन कार्यक्रम समितीको आयोजनामा आयोजित कार्यक्रमको संरक्षक लालझाडी गाउँपालिका र ५ नं. वडा कार्यालय प्रवर्द्धक रहेका थिए। रानाथारु समुदायमा मनाईने होरी तथा खखडेहरा पर्वको अवसर पारी कार्यक्रम आयोजित गरिएको हो।
कार्यक्रममा सभापति होरी कमिती अध्यक्ष सीता राना, प्रमुख अतिथी गाउँपालिका अध्यक्ष निर्मल राना, विशिस्ट अतिथी लालझाडी ५ का वडा अध्यक्ष पहल बहादुर थापा, अतिथी: वडा सदस्य रामबती देवी राना, गोकर्ण सिह धामी, भलमन्सा भिर राज राना, समाजसेवी नवराज जोशी, राम बहादुर राना, पल्टु राना, उमेश राना, नन्दराम जोशी, पल्टु राना, देखतभुली गाविस निवर्तमान अध्यक्ष तनकलाल चौधरी, अमर सिह धामी लगायत स्थानीयहरुको बाक्लो उपस्थिति देखिएको थियो।
कार्यक्रममा रानाथारु समुदायका विभिन्न होरी नाच प्रस्तुत गरिएको थियो। स्वागत मन्तव्य स्थानीय लक्ष्वीरा रानाले राखेका थिए। कार्यक्रममा शुभकामना मन्तव्य राख्दै वडा अध्यक्ष पहल बहादुर थापाले आफ्ना वडाबासीका आवश्यक र माग अनुसार संस्कृती जोगाउन कार्यक्रम गर्ने र वडाबासीमा सद्भाव कायम राख्ने बताए।

त्यसै कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै पालिका अध्यक्ष निर्मल रानाले अनेकतामा एकता रहेको लालझाडी बासीको पहिचान बनाउन गाउँपालिकाले विशेष सहयोग गर्ने बताएका छन्। रानाथारु समुदायमा मनाईने खखडेहरा पर्वको विशेष महत्त्व रहेको समेत अध्यक्ष रानाले बताए। कार्यक्रम सञ्चालन प्रवेश रानाले गरेका थिए। कार्यक्रम देखतभुली स्थिति गुडलक स्कुलको प्राङ्गणमा आयोजित गरिएको थियो।