लुम्बिनी विकास बैकले मनायो १६ औं वार्षिकोत्सब !

कञ्चन्पुर: लुम्बिनी विकास बैकले आफ्नो स्थापना कालको १६ औं बसन्त पार गरेर १७ औ बर्षमा प्रवेश गरेको छ। १६ बर्षसम्म निरन्तर सहयात्रा गरिरहेको लुम्बिनी विकास बैकले हालसम्म देशैभरी ८५ शाखा विस्तार गरिसकेको छ।

लुम्बिनी विकास बैक लिमिटेडको १६ औं वार्षिकोत्सबको अवसरमा कृष्णपुर-०२ मा रहेको वाणी शाखाले पनि वार्षिकोत्सब भव्यताका साथ मनाएको छ।

आउने दिन हरुमा समेत लुम्बिनी विकास बैकको निरन्तर सहयात्रा चलिरहने र ग्राहकहरुलाई थप छिटो छरितो सेवा उपलब्ध हुने लुम्बिनी विकास बैक वाणी शाखा प्रमुख मनोज शाहीले बताएका छन्।

Facebook Comments Box