कृष्णपुरका मेडिकल सञ्चालक धामी पक्राउ

कञ्चनपुर: कञ्चनपुरको कृष्णपुरमा अवैधरुपमा मेडिकल सञ्चालन गरिरहेका एक जना पक्राउ परेका छन्।

शुक्लाफाटा र कृष्णपुर नगरपालिका अन्तर्गतका झलारी, वाणी, बंक र कलुवापुरमा रहेका मेडिकलहरू अनाधिकृत रुपमा सञ्चालन भएका भन्दै प्रहरी कार्यालयमा जनगुनासो आएका थिए भने शुक्रवार जिप्रका कञ्चनपुरले उक्त क्षेत्रका मेडिकलहरु चेकजाँच गरेको थियो।

चेकजाँचको क्रममा औषधी व्यवस्था विभागको ईजाजत पत्रविना सञ्चालनमा रहेको कृष्णपुर नगरपालिका-२ बंक मा रहेको कञ्चन क्लिनिक एण्ड फार्मेसीका सञ्चालक कृष्णपुर-१ का देवसिंह धामीलाई प्रहरीले पक्राउ गरेको छ।

जोखिमयुक्त औषधीहरू ६ थान बोरासहित धामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताएका छन्। घटनाको बारेमा थप अनुसन्धान भईरहेको जिप्रका कञ्चनपुरले जनाएको छ।

Facebook Comments Box