श्री जनउत्थान आधारभूत विद्यालयले मनायो २० औ वार्षिकोत्सब तथा अभिभावक दिवस

कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं.२ बंक बनरा मा रहेको श्री जनउत्थान आधारभूत विद्यालयले आफ्नो २० औ वार्षिकोत्सब तथा अभिभावक दिवस मनाएको छ।

वार्षिकोत्सब कार्यक्रम विद्यालय व्यवस्थापन समिती का अध्यक्ष नरेश कार्की को सभापतित्व, कृष्णपुर नगरपालिका का मेयर हेम राज ओझाको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको छ। विशिष्ट अतिथि क्रमशः कृष्णपुर ०२ का वडा अध्यक्ष अर्जुन सिह साउद, नेकपा एमालेका युवा नेता एवं प्रदेश सभा सदस्य उम्मेदवार बचन बहादुर सिह, नि वर्तमान वडा अध्यक्ष जय नारायण जोशी रहेका थिए भने अतिथिमा क्रमशः विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका प्रमुख,अध्यक्ष, शिक्षक, स्थानिय समाजसेवी राजनितीक दल लगायतको उपस्थिति देखिएको थियो।

विद्यालयका प्रधानाध्यापक गणेश बहादुर कुवँरले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन्। हाल विद्यालयमा ३ सय १६ विद्यार्थी रहेका र १३ जना शिक्षक शिक्षका कर्मचारी रहेका प्रधानाध्यापक कुवँर जानकारी गराएका छन्। विद्यालयमा अब अङ्ग्रेजी माध्यम बाट पढाई थालिने समेत प्रधानाध्यापक कुवँरले बताएका छन्।

जनउत्थान विद्यालय लाई वडा कै नमुना विद्यालय बनाउन आफ्नो तर्फबाट वडा कार्यालयबाट हुने सम्पुर्ण सहयोग गर्न आफू तयार रहेको वडा अध्यक्ष अर्जुन सिह साउदले बताएका छ्न्।

भौतिक संरचनाको अभाव हुन नदिने; शिक्षा क्षेत्रको विकासका लागि कृष्णपुर नगरपालिका विशेष रुपमा अघि बढ्ने मेयर हेम राज ओझाले बताएका छन्।

कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम सहित पुरस्कार वितरण र विद्यालय व्यवस्थापन मा सहयोग गर्नुहुने व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो भने कार्यक्रमको उद्घोषक शिक्षक प्रजापति नेगीले गरेका थिए।

Facebook Comments Box